८८ जना विद्यार्थीलाई सडकमा कारवाही

८८ जना विद्यार्थीलाई सडकमा कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका विद्यार्थीलाई कारवाही गरेको छ । स्कुल कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङअन्तर्गत आज ८८ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका ५६ जना, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका २१ जना र तीव्र गतिमा सवारी साधन चलाउने चार जना विद्यार्थी चालकलाई कारवाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नम्बर प्लेट दुरूस्त नभएको सवारी साधन चलाउने चार जना, मोटरसाइकलमा तीन जना राखी चलाउने दुई जना र हेल्मेट नलगाएका एक जना चालकलाई पनि कारवाही गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार गत साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा हालसम्म छ सय ७९ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

टिप्पणीहरू