हरुवाहरुले महेश बस्नेतको विरोध गरेको एमालेको दाबी

हरुवाहरुले महेश बस्नेतको विरोध गरेको एमालेको दाबी

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य महेश बस्नेतको सामाजिक सञ्जालमा चर्को खण्डन भएपछि आपत्ति जनाइएको छ ।

एमाले जिल्ला कार्यालय, भक्तपुरले राजनीतिक सक्रियताबाट विचलित केही अराजक व्यक्ति र संगठनले सामाजिक सञ्जालमार्फत् सुनियोजित रुपमा दूषित समाचार प्रकाशन गरेको आरोप लगाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भई तिलमिलाएका अराजक समूहले यस्तो कार्य गरेको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अराजक समूहको विक्षिप्तको प्रमाण सामाजिक सञ्जालमा देखिएको कार्यालयको ठहर छ । साथै, आम जनमानसलाई यस्ता कपोलकल्पित समाचारमा विश्वास नगर्न आग्रह गरिएको छ ।

कार्यालयले भनेको छ,‘अराजक व्यक्तिहरु एवम् दिन प्रतिदिन कमजोर बन्दै गएका संगठनले हाम्रो पार्टीसँग राजनीतिक प्रतिस्पर्धा गर्न नसक्ने भएपछि हाम्रो पार्टी नेतृत्वको दुश्प्रचारमा लाग्नु नै अराजकताको रणनीतिक भएकाले आमपार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आआफ्नो तह र तप्काबाट त्यस्ता कार्यको सशक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

टिप्पणीहरू