अखिल क्रान्तिकारीले चुनावलक्षित फोर्स बनाउने

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनावलक्षित फोर्स गठन गर्ने भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि फोर्स गठन गर्न लागिएको बताइएको छ ।

यसका लागि आगामी बुधबार विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम राखिएको छ । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउने आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू