राजदूतहरूले नेताहरुको घरमा पुगेर उपदेश दिएकोमा भीम रावलको आपत्ति

राजदूतहरूले नेताहरुको घरमा पुगेर उपदेश दिएकोमा भीम रावलको आपत्ति

नेकपा एमालेका सांसद भीम रावलले विभिन्न देशका राजदूतले नेताहरूको घर–घरमा पुगेर गरेको भेटघाटप्रति आपत्ति जनाउनु भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बल्दै उहाँले नेताहरूको घर–घरमा गएर राजदूतहरूले नानाथरीका उपदेश दिने गरेको आरोप लगाउनुभएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै रावलले विभिन्न देशका राजदूतहरूले यस्तो गर्न पाउँदैनौँ, उस्तो गर्न पाउँदैनौँ भनेर नेताहरूलाई अर्ति दिएको दाबी गर्नुभएको छ ।

‘द्वन्द्वकालीन मुद्दा टुङ्ग्याउने क्रममा अन्तर्राष्ट्रिय शक्तिहरूले हस्तक्षेप गरेको कारण हल हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘बलिया देशमा नराम्रा घटना भएको अवस्थामा राजदूतले हाम्रो देशका नेताहरूको घर घरमा गएर उपदेश दिन मिल्छ ? यस्तो कहीँ देख्नु भएको छ ?’

द्वन्द्वकालमा आमने सामने भएका प्रधानमन्त्री शेरबहादुर देउवा र एक पक्षको आन्दोलन हाँक्ने पुष्पकमल दाहालजी हुनुभएको सन्दर्भ निकाल्दै उहाँले अहिलेको अवस्थासँग तुलना गर्नुभएको छ । रावलको भनाइ छ, ‘उहाँहरू दुवै जना प्रधानमन्त्री हुनुभयो । तर, किन समस्याको समाधान गर्नेतर्फ लाग्नुभएन ?’

टिप्पणीहरू