लाओसमा बाढीको वितण्डा

लाओसमा बाढीको वितण्डा

अहिलेको मनसुनी मौसममा परेको भारी वर्षाले लाओसका धेरै स्थानलाई डुबानमा पारेको छ भने सयौं बासिन्दा विस्थापित भएका छन् ।

मेकङ नदी र यसको मुख्य सहायक नदी किनारका गाउँहरूमा पानीको सतह क्रमश : बढ्दै गएपछि सतर्क रहन सचेत गराइएको थियो। यस मनसुनी महिनाको शुरुमा,नदीमा उर्लेको बाढीले दक्षिणपूर्वी एसियाली देशका चार वटा उत्तरी प्रान्तहरूलाई नराम्ररी असर गरेको र सडकहरू बाढीका कारण जलमग्न हुनुका साथै केही क्षेत्रमा पानी र बिजुली आपूर्ति बन्द भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मेकङ किनारमा अवस्थित लाओसको राजधानी भियन्टिनमा पनि भारी वर्षाले निक्कै असर पारेको जनाइएको छ । केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू