आन्तरिक उडानमा एनएमबिका ग्राहकले पैसा फिर्ता पाउने

आन्तरिक उडानमा एनएमबिका ग्राहकले पैसा फिर्ता पाउने

चाड पर्वलाई लक्षित गर्दै एनएमबि बैंकले ‘क्यास ब्याक’ अफर ल्याएको छ । अब एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको उडानमा उक्त सुविधा पाउने भएका हुन् । ती दुबै एअरलाइन्सको एप र वेबबाट बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः तीन सय ५० र पाँच सय रुपैयाँ क्यासब्याक सुविधा पाउने भएका छन् ।

क्यासब्याक सुविधाको निम्ति ग्राहकले एनएमबि कार्डहरुमा ई–कमर्स एक्टिभेट गर्नुपर्ने हुन्छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध हुने बताइएको छ । छुट सम्बन्धी थप जानकारीको लागि इमेल गर्न बैंकले आग्रह गरेको छ ।

टिप्पणीहरू