आइसीएफसी र स्मार्टच्वाइसबीच सम्झौता

आइसीएफसी र स्मार्टच्वाइसबीच सम्झौता

आइसीएफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एसटिसी) बीच डिजिटल पेमेन्टलाई लिएर व्यवसायिक सम्झौता भएको छ ।

डिजिटल पेमेन्ट गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्युआर प्रयोगमा ल्याउन व्यवसायिक सम्झौता भएको हो ।

अब आइसीएफसीका ग्राहकहरुले फाईनान्सको मोबाइल बैंकिङ्ग एपको प्रयोग गरी वस्तु खरिद गर्न सक्नेछन् ।

साथै, हरेक सेवा प्रयोग गरेपश्चात् स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्ने जनाइएको छ ।

उक्त सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फाईनान्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू