क्रिप्टो कारोबारमा नफस्न केन्द्रीय बैंकको सुझाव, अटेरीलाई कारवाही गर्ने चेतावनी

क्रिप्टो कारोबारमा नफस्न केन्द्रीय बैंकको सुझाव, अटेरीलाई कारवाही गर्ने चेतावनी

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र हाइपरफण्डको कारोबार गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपालमा गैरकानुनी मानिएको क्रिप्टो कारोबार गर्नेहरु पछिल्लो समय बढ्न थालेसँगै चौथो पटक केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले उक्त चेतावनी दिएको हो ।

विभागले नेपालमा विदेशी मुद्राको रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकाले सो कारोबार नगर्न आग्रह गरेको हो । यसको जमानत नेपाल सरकार नभएको र कुनै किसिमको सुरक्षण नभएकाले जोखिममा नफस्न बैंकले सूचनामार्फत सर्वसाधारणलाई पुनःस्मरण गराएको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/08/FXMD-Notice-2_207980_Cryptocurrecy.pdf”]

टिप्पणीहरू