झापामा भन्सार छलिएको डेढ सय केजी चिनी बरामद

झापामा भन्सार छलिएको डेढ सय केजी चिनी बरामद

झापामा भन्सार छलेर ल्याइएको एक सय ५० किलो चिनी बरामद गरिएको छ । गएराति ८ बजेको समयमा गौरीगञ्ज गाउँपालिका–५ जनता टोलमा भारतबाट भन्सार छलेर ल्याइएको ३१ बोरा चिनी पक्रिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार लुकाएर राखिएको अवस्थामा उक्त चिनी बरामद भएको हो । बरामद गरिएको चिनीको बजार मूल्य एक लाख ११ हजार रुपैयाँ बराबर छ ।

बरामद चिनी आवश्यक कारवाहीको निम्ति मेची भञ्सार कार्यालय, काँकडभिट्टामा बुझाएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू