पहिरोले एक्स्काभेटर पुर्यो, चालक बिते

पहिरोले एक्स्काभेटर पुर्यो, चालक बिते

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित झुम खोलामा पहिरोले एक्स्काभेटर पुर्दा चालकको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९, राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगरको ज्यान गएको छ ।

सडक निर्माणको क्रममा आज बिहान एक्स्काभेटरमाथि पहिरो खस्दा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मेसिनमा च्यापिएको अवस्थाको शव निकालेर पोस्टमार्टमको निम्ति सदरमुकाम दुनै लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू