प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लि.का बिच आकर्षक छुट सम्झौता

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लि.का बिच आकर्षक छुट सम्झौता

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा. लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र लोकहित डेन्टल हस्पिटल प्रा. लि तर्फबाट अध्यक्ष डा. गणेश साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटल प्रा. लि. द्धारा सञ्चालित दन्त परीक्षण सेवामा १० प्रतिशत छुट पाउने छन् । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा उक्त छुट प्राप्त नहुने बैंकले जनाएको छ ।

प्रभु बैंकका ग्राहकरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सेवाहरु  प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा. लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

टिप्पणीहरू