यी हुन् आजको संसद बैठकमा उठाइएका दलितका मुध्दा

यी हुन् आजको संसद बैठकमा उठाइएका दलितका मुध्दा

सरकारी परिचय पत्रमा दलित समुदायलाई होच्याउँदै अपमानित तरिकाले राखिएका नामप्रति प्रतिनिधि सभामा कुरा उठेको छ । माओवादी केन्द्रकी सांसद दुर्गाकुमारी विश्वकर्माले यस प्रकारका नाम तुरुन्त सच्याउन गृह मन्त्रालयसँग माग गरेकी छन् ।

संसद बैठकमा बोल्दै विश्वकर्माले दलित समुदायको व्यक्तिको हुनै नसक्ने नाम खोप कार्ड,नागरिकता, मतदाता नामावली,राष्ट्रिय परिचयपत्रमा कसरी लेखियो ? अचम्म लागेको छ । यो गम्भीर विषय छ र यसमा सरकारको ध्यानाकर्षण हुनुपर्ने बताइन् ।

सांसद विश्वकर्माले त्यस्ता परिचयपत्र बनाउने कर्मचारीप्रति प्रश्न उठाउँदै भनिन्, ‘कर्मचारी कस्तो बेहोस अवस्थामा हुनुहुन्थ्यो ?’ विशेष गरी रुकुम र दैलेखमा यस्तो बढी देखिएको उनको भनाइ छ । गृह मन्त्रालयले सम्बन्धित जिल्लामा ती व्यक्तिको नाम सच्याउने व्यवस्थाको लागि माग गरिएको छ ।केही दिन यता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिको नागरिकतालगायत विभिन्न परिचय पत्रमा फ्याउरो, सिँगाने,कुत्ता,कुकुर्नी,कुकुरलगायत अपमानजनक नाम सार्वजनिक भएका छन् ।

टिप्पणीहरू