दुबईबाट ल्याएको औँठी छिराउन खोज्दा दुइजना समातिए

दुबईबाट ल्याएको औँठी छिराउन खोज्दा दुइजना समातिए

दुबईबाट काठमाडौँ आएका दुई जना सुनको औंठिसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ घर भएका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ हुन् ।

नेपाल एअरलाइन्सबाट आज काठमाडौँ आएका उनीहरुको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिई चेकजाँच गर्दा सुनको बेरुवा औठी फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा विवेकको साथबाट ८० ग्रामका धातुको बेरुवा औठीं २ थान र साजनको साथबाट साेही परिमाणकै औठीं बरामद भएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका निम्ति त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू