आज ७६० जनामा कोरोना संक्रमण

आज ७६० जनामा कोरोना संक्रमण

बितेको २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

दुई हजार ५८९ जनाको पिसीआर परीक्षणमा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोनाका बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९६९ पुगेको छ ।

टिप्पणीहरू