माछापुच्छ्रे बैंकको नयाँ एमबिएल अनलाईन बैंकिङ – नो लाइन बैंकिङ !

माछापुच्छ्रे बैंकको नयाँ एमबिएल अनलाईन बैंकिङ – नो लाइन बैंकिङ !

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिंगको क्षेत्रमा फड्को मार्दै “MBL Online Banking” सेवालाई अपग्रेड गरेको छ । “No Line Banking” भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिंग सेवालाई अपग्रेड गरेको हो । यससँगै बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैकिग सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सक्ने बैंकले जनाइएको छ ।

व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याइएको सेवा अन्तर्गतको कर्पोरेट बैकिंगले व्यवसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंक सम्म नपुगि सुरक्षित साथ यस बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोवार गर्न सक्नेछ भने विशेषत यस सेवा मार्फत अन्तर बैक रकमान्तर , कनेक्ट IPS, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । त्यस्तै यस सेवा मार्फत व्यवसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलव व्यबस्थापन गर्न सक्ने पनि बैंकले जानकारी दिइएको छ ।

बैंकको अनलाईन बैंकिङ्ग मार्फत व्यक्तिगत ग्राहकहरुले पनि बिभिन्न बैंकिङ्ग कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल भुक्तानी गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्न, बत्ति/पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ । त्यसै गरी बारम्बार तिर्नुृ पर्ने रकमलाई Schedule गरी तिर्न सकिने छ । यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवा मार्फत खोल्न सक्ने बैंकले जनाइएको छ ।

बैंकको अनलाईन बैंकिंगको परिष्कृत भर्सन थप सुविधाहरुका साथ थप सरल र थप सुरक्षित रहेको बैंकले जनाएको छ ।

टिप्पणीहरू