आज झन् धेरै संक्रमित, ८९५ जना थपिँदा २६४ निको

आज झन् धेरै संक्रमित, ८९५ जना थपिँदा २६४ निको

पछिल्लो २४ घण्टामा मुलुकभर थप आठ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् । पाँच हजार नौ सय नौ जनामा गरिएको परीक्षणमा आठ सय ९५ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार छ सय ८५ पिसीआर परीक्षणमा छ सय ३२ र दुई हजार दुई सय २४ जनाको एन्टिजेन परीक्षणमा दुई सय ६३ जनामा संक्रमण देखिएको हो ।

आज थप दुई सय ६४ जना संक्रमित निको भएका छन् । संक्रमणका कारण आज एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ६८ पुगेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या चार हजार नौ सय ३४ पुगेको छ ।

टिप्पणीहरू