म्यानमारमा संकटकाल छ महिना लम्ब्याइयो

म्यानमारमा संकटकाल छ महिना लम्ब्याइयो

म्यानमारमा डेढ वर्षअघि सैनिक शासनले आङ सान सूचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेपछि लगाउँदै आएको संकटकाल छ महिनाको लागि थपेको छ ।

दक्षिण पूर्वी एसियाका मुलुकहरूसँग गरिएको शान्ति योजनाको सम्झौता कार्यान्वयन नभएको र अस्थिरता कायम रहेको भन्दै संकटकाल थप्नु परेको त्यहाँको सैनिक सरकारले बताएको छ ।

सेना प्रमुख मीन आङ लाइङले सरकारी सञ्चारमाध्यमबाट सम्बोधन गर्दै म्यानमारमा कोरोना महामारीले उत्पन्न गराएको चुनौतीबाट बाहिर निस्कन खोजे पनि आन्तरिक हिंसाले समस्या थपेको बताएका छन् ।

म्यानमारमा सैन्य शासनको चरम दमनको बाबजुद विरोध प्रदर्शन हुँदै आएको छ । यसबीचमा धेरैको गोली हानेर हत्या गरिएको छ । गत साता चार जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिइएको थियो ।

टिप्पणीहरू