६२० जनामा कोरोना संक्रमण, १ जना बिते

६२० जनामा कोरोना संक्रमण, १ जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर थप छ सय २० जना कोरोना संक्रमित थपिएका छन् । पाँच हजार आठ सय ४६ जनामा गरिएको परीक्षणमा छ सय २० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार छ सय ५१ पिसीआर परीक्षणमा चार सय ९६ र तीन हजार एक सय ९५ जनाको एन्टिजेन परीक्षणमा एक सय २४ जनामा संक्रमण देखिएको हो ।

आज थप दुई सय ९७ जना संक्रमित निको भएका छन् । संक्रमणका कारण आज एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ६७ पुगेको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या चार हजार पाँच सय ६७ पुगेको छ ।

टिप्पणीहरू