माधव नेपाल र प्रेम आले सङ्गसङ्गै धनगढीतिर

माधव नेपाल र प्रेम आले सङ्गसङ्गै धनगढीतिर

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पूर्वमन्त्री तथा पार्टी नेता प्रेमबहादुर आलेसँग आज धनगढी जानुभएको छ । उहाँहरु श्री एअरलाइन्सको उडानमा पौने १२ बजे त्यता लाग्नुभएको हो ।

बुध्द एयरको पौने १ बजेको उडानमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा र पूर्व रक्षामन्त्री डा. मीनेन्द्र रिजाल विराटनगर जानुभएको छ । विराटनगरबाट बुध्द एअरको उडानमा महान्यायाधिवक्ता खम्मबहादुर खाती बिहान पौने १० बजे काठमाडौं आउनुभएको बुध्द एअर स्रोतले बताएको छ ।

आजै यति एयरको उडानमा काठमाडौंबाट पूर्वमन्त्री विमलेन्द्र निधी बिहान १० बजे भैरहवा र बुध्दकै उडानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पौने ११ बजे विराटनगर जानुभएको छ ।

नेपालका लागि पोल्याण्डका राजदूत एडम बुराकोस्की नेतृत्वको तीन सदस्यीय टोली मध्यान्ह १२ बजे बुध्द एअरको उडानमा काठमाडौं आएको छ । आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसहित आठ जनाको टोली दिउँसो १ बजे बुध्द एअरको उडानमा पोखरा गएको छ ।

यसैगरी यति एयरको उडानमा सवा १ बजे प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारी काठमाडौंबाट विराटनगर जानुभएको छ ।

टिप्पणीहरू