बाढी र पहिरो जानसक्छ सचेत होऔैं : बाढी पूर्वानुमान महाशाखा

बाढी र पहिरो जानसक्छ सचेत होऔैं : बाढी पूर्वानुमान महाशाखा

आज देशका केही नदीमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको हो ।

त्यसैगरी इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भएर बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

टिप्पणीहरू