आज ७१० जना संक्रमित, २ जना बिते

आज ७१० जना संक्रमित, २ जना बिते

बितेको २४ घण्टामा मुलुकभर सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २५ जनामा गरिएको परीक्षणमा सात सय १० जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार पाँच सय ४१ पिसीआर परीक्षणमा पाँच सय ५२ र दुई हजार चार सय ८४ एन्टिजेन परीक्षणमा एक सय ८६ जनामा संक्रमण देखिएको हो ।

आज थप दुई सय १५ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण आज दुई जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ६२ पुगेको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार दुई सय ३६ पुगेको छ ।

टिप्पणीहरू