एमाले अध्यक्ष आज झापाको घर जाने

एमाले अध्यक्ष आज झापाको घर जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जानुहुने भएको छ । जिल्ला पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा भाग लिन उहाँ तीन दिनका लागि झापा जान लाग्नुभएको हो ।

दुई दिनसम्म गृहजिल्ला बस्ने अध्यक्ष ओलीले आगामी निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको बताइन्छ ।

सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने र त्यसपछि जनवर्गीय संगठनका पदाधिकारीसँग अलग-अलग भेट गर्ने तयारी रहेको एमाले सांसद होमबहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्षलाई साउन १२ गते काठमाडौँ फर्काउने गरे एमाले झापाले कार्यक्रम बनाएको छ ।

टिप्पणीहरू