राजधानीमा घण्टाकर्ण पर्व मनाईंदै, यो वर्षको पर्व र जात्रा शुभारम्भको संकेत

राजधानीमा घण्टाकर्ण पर्व मनाईंदै, यो वर्षको पर्व र जात्रा शुभारम्भको संकेत

आज राजधानी उपत्यकामा नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदैछ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुरदर्शीका दिन गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मनाउन लागिएको हो ।

गठामङ्गल अर्थात् घण्टाकर्णलाई चाडपर्वमध्ये सबैभन्दा जेठो मानिन्छ । सांस्कृतिक परम्पराअनुसार आजका दिन गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनामा पर्व मनाउने गरिन्छ । एकाबिहानै हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइन्छ ।

बिहानै स्नान र पूजापाठ गर्ने, घर–आँगन सफा गर्ने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बालेर उक्त राक्षसको प्रतिकलाई घिसार्दै जलाउने प्रचलन छ । यो परम्परा राजधानीका तीन वटै जिल्लाका नेवारहरुको बाहुल्य रहेको भित्री बस्तीमा मात्रै सीमित भएको छ ।

सडकको दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गललाई बेलुकी खेतमा लगेर बाले धानमा कीरा नलाग्ने विश्वास छ । कतैकतै गठामङ्गललाई खोला वा नदी किनारमा लगेर जलाउने गरिन्छ ।

टिप्पणीहरू