छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सन्तुलित हुनुपर्छ : माधव नेपाल

छिमेकी मित्रराष्ट्रसँगको सम्बन्ध सन्तुलित हुनुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई ठूला छिमेकी मित्रराष्ट्रबीच सरकार र राजनीतिक दलहरुले सन्तुलन कायम गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।

पुष्पलाल मित्रता केन्द्रद्वारा राजधानीमा आज आयोजित ‘विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो । अध्यक्ष नेपालले विश्व परिस्थिति अहिले पनि जटिल रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘छिमेकीहरूको झगडामा नेपाललाई मुछ्ने काम नगरियोस् ।’

उहाँले नेपाली जनतालाई स्वाधीनता र राष्ट्रप्रेम सबैभन्दा प्यारो भएको उल्लेख गर्नुभयो । उहाँले सो अवसरमा नेपाल हालसम्म कसैको उपनिवेश हुन नपरेको सन्दर्भ पनि उल्लेख गर्नुभएको थियो ।

टिप्पणीहरू