एकैदिन ३९१ जना कोरोना संक्रमित थपिए

एकैदिन ३९१ जना कोरोना संक्रमित थपिए

गत २४ घण्टामा देशभर ३९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ जनाको पिसिआर परीक्षणमा ३४० जना र एक हजार ४१९ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिने सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा १८५ जना रहेका छन् । त्यसैगरी, भक्तपुरमा नौ र ललितपुरमा २२ जना सङ्क्रमित छन् । अरु काठमाडौँ उपत्यका बाहिरका हुन् ।

यो अवधिमा कोरोनाबाट ४६ जना निको भएका छन् । योसँगै कोरोना जित्नेको कूल संख्या ९ लाख ६८ हजार १७२ पुगेको छ ।

मुलुकभर अहिले दुई हजार २७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौँ उपत्यकामा मात्रै एक हजार २७० जना छन् ।

टिप्पणीहरू