जोरपाटीमा निस्किएको लेदो फोहोरा रोकियो

जोरपाटीमा निस्किएको लेदो फोहोरा रोकियो

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीमा बोरिङ खन्ने क्रममा हिजो निस्किएको लेदोसहितको फोहोरा आज बिहान रोकिएको छ । स्थानीयका अनुसार करिब १७ घण्टापछि आज बिहान ३ बजेदेखि लेदोसहितको ग्यास निस्किन बन्द भएको हो ।

स्थानीय सन्तकुमार लामाको घरमा बोरिङ खनेर पानी निकाल्न खोज्दा हिजो बिहान १० बजेदेखि माटोको लेदो मिसिएको ग्यास निस्किन थालेको हो । त्यसपछि भूगर्भविद्को टोलीले स्थलगत निरीक्षण गरेको हो ।

भूगर्भविद्को टोलीले लेदोमा १३ प्रतिशत मिथेन ग्याँस रहेको र आगलागी हुन सक्ने खतरा हुने जनाएपछि रातभर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

टिप्पणीहरू