आज ३५७ जनामा कोरोना संक्रमण, संक्रमणदर ११ प्रतिशत

आज ३५७ जनामा कोरोना संक्रमण, संक्रमणदर ११ प्रतिशत

पछिल्लो २४ घण्टामा एकै दिन देशभर थप तीन सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार तीन सय २८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार आठ सय २८ जनाको पिसीआर परीक्षण गर्दा दुई सय ६८ र एक हजार पाँच सय जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको हो । आज थपिएसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६२ जना निको भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार एक सय ५० पुगेको छ । आज काठमाडौंमा एक सय १९, भक्तपुरमा पाँच र ललितपुरमा ३० जना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू