आज २०६ जनामा कोरोना संक्रमण

आज २०६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार एक सय ७५ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ जनाको पिसीआर परीक्षण गर्दा एक सय ७७ र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

आज थपिएसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार पाँच जना पुगेको छ । आज ४५ जना कोरोना संक्रमित निको भएका छन् ।

टिप्पणीहरू