आज १६८ जनामा संक्रमण

आज १६८ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ८३४ जनाको पिसीआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित निको भएका छन् ।

आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

टिप्पणीहरू