हैजा र कोरोना रोक्न हानको आग्रह, करसहितको मूल्यसूची राख्न निर्देशन

हैजा र कोरोना रोक्न हानको आग्रह, करसहितको मूल्यसूची राख्न निर्देशन

होटल व्यवसायी संघ (हान) ले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र होटल तथा रेस्टुरेण्ट सञ्चालन गर्न निर्देशन दिएको छ । कोरोना महामारी निर्मूल नभइसकेको र हैजाको प्रकोपसमेत देखिएको उल्लेख गर्दै हानले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनेको हो ।

उसले आफ्ना सदस्यहरुलाई परिपत्र गर्दै स्वास्थ्य, सुरक्षा र सेवा सबलीकरणको निम्ति प्रतिबद्ध रहन आग्रह गरेको छ । होटलहरुमा प्रष्ट देखिने ठाउँमा मूल्यसूची राख्दा मूल्य अभिवृद्धि कर र सेवाशुल्क छुट्टा–छुट्टै नराखी मूल्य समायोजन गरी एकमुष्ठ कायम गर्न भनेको छ ।

त्यस्तै, होटल र रेष्टुरेन्टमा जुनसुकै समयमा पनि अनुगमन हुन सक्ने भएकाले स्तरीयता कायम गरी वाणिज्य, आपूर्ति तथा संरक्षण विभागलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू