सात वर्षपछि तारादेवी अमेरिकाबाट घर फिर्ता

सात वर्षपछि तारादेवी अमेरिकाबाट घर फिर्ता

नेपालबाट चोरेर अमेरिका पुर्याइएको तारादेवीको मूर्ति नेपाल आइपुगेको छ । तारा पार्वतीको रुपमा परिचित प्रतिमालाई औपचारिक रुपमा हिजो काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली पक्षलाई हस्तान्तरण गरेको हो ।

दूतावासका कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलाई उक्त प्रतिमा हस्तान्तरण गर्नुभएको हो । अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता ल्याइएको भगवान तारा पार्वतीको प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरूतिरको भएको विश्वास गरिएको छ ।

प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीमा पुगेको थियो । गत मे ६ मा उक्त ग्यालरीले न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत् उक्त प्रतिमालाई नेपाल फर्काउने घोषणा गरिएको थियो । सोहीबमोजिम हिजो काठमाडौंमा हस्तान्तरण भएको हो ।

टिप्पणीहरू