श्रीलंकालाई हेर्दै मुलुकको अर्थतन्त्र बुझ्न आयल निगमका हाकिमको सुझाव

श्रीलंकालाई हेर्दै मुलुकको अर्थतन्त्र बुझ्न आयल निगमका हाकिमको सुझाव

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जा व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् । आज राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त धारणा राखेका हुन् ।

श्रीलंकाको राजनीतिक, आर्थिक र मौद्रिक क्षेत्रको नेतृत्वले आफ्नो अवस्थाबारे जनतालाई वास्तविक जानकारी नगराएका कारण डरलाग्दो आर्थिक संकट भोग्नु परेकोतर्फ सबै सरकारी अधिकारीलाई सजग हुन उनले सुझाएका छन् । थानीले भने, ‘नेपाल सरकारले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित गर्नुपर्छ ।’

अहिलेको महशुलमा विद्युतीय चुल्हो इण्डक्शन बाल्न नसिकने उनको ठोकुवा छ । त्यसको निम्ति महशुल घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने थानीको भनाइ छ । उनले भने, ‘नेपाल विद्युत प्राधिकरणको बिजुलीको महशुलभन्दा एलपी ग्यास सस्तो पर्छ ।’

उनले नेपाल आयल निगम प्रतिसिलिण्डर ७५१ रुपैयाँ घाटा व्यहोरेर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको जानकारी गराउँदै ऊर्जा व्यवस्थापनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

टिप्पणीहरू