वृद्ध भत्ता बुझ्ने, लागुऔषध बेच्ने

वृद्ध भत्ता बुझ्ने, लागुऔषध बेच्ने

पर्सामा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जना ज्येष्ठ नागरिक पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका, ४ अकुवाका ६८ वर्षीय रामेश्वर पञ्जियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अकुवा टोलमा उनले गाँजा बेचबिखन गर्दै आएको सूचनाको आधारमा प्रहरीले निजको घरमा छापा मारेको थियो । सोही क्रममा प्रहरीले वृद्धको घरबाट चार केजी तीन सय ग्राम गाँजा बरामद गरेको हो ।

टिप्पणीहरू