आज १९ जनामा कोरोना संक्रमण, १० जना निको

आज १९ जनामा कोरोना संक्रमण, १० जना निको

बितेको २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सय ३१ जनाको पिसीआर परीक्षणमा १४ जना र एक हजार ८३ जनाको एन्टीजेन परीक्षणमा पाँच जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जना निको भएका छन् भने हाल देशभर १२४ जना सक्रिय संक्रमित छन् । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७८६ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

टिप्पणीहरू