गुरुहरुलाई यहाँ कत्ति गाह्रो छ (फोटो फिचर)

गुरुहरुलाई यहाँ कत्ति गाह्रो छ (फोटो फिचर)

लामो समय द्वन्द्वमा फसेको अफगानिस्तानमा भौतिक पूर्वाधार तथा यातायात र बाटोघाटोको बिकास देशभरि अझै हुन सकेको छैन,उता गरिबी र अभाव उस्तै छ । नान्गाहार प्रान्तका नदीहरुमा तर्ने पुलको संरचना नहुँदा स्थानीयवासी र दैनिक काममा हिंड्ने जो कोहीलाई पनि हरेक दिनको यात्रा कठिन हुने गरेको छ । यस्तै कठिन यात्रा गर्दैछन् केहि शिक्षक । उनीहरु विद्यालय जाने बाटोमा पर्ने नदी रबरको ट्युबको सहायताले तर्छन् र यसैगरी फर्किन्छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौं ।

टिप्पणीहरू