मोटरसाइकलको डिक्कीमा कछुवा तस्करी

मोटरसाइकलको डिक्कीमा कछुवा तस्करी

संरक्षित वन्यजन्तु ११३ कछुवासहित वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले कछुवासहित बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षीय आनन्दलाल टेमानीलाई आज पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँको बाटो हुँदै भारतबाट अवैध रूपमा कछुवा ल्याउँदै गरेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँबाट खटिएको प्रहरी टोलीले बीआर ०५ एएफ ०५८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र झोलामा लुकाइराखेको अवस्थामा ११३ वटा कछुवा फेला पारेको थियो ।

बरामद कछुवासहित टेमानीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू