काभ्रेमा फेरि गठबन्धन एकातिर, एमाले अर्कातिर

काभ्रेमा फेरि गठबन्धन एकातिर, एमाले अर्कातिर

जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन सत्ता गठबन्धनका दल र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । स्थानीय निर्वाचनको सहकार्य कायम राख्दै काँग्रेस, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवारी दिएका हुन् ।

चुनावकै बेला एकीकृत समाजवादीले प्रमुख, काँग्रेसले उपप्रमुखसहित पाँच सदस्य र माओवादी केन्द्रले तीन सदस्य पाउने सहमति बनेको थियो । सोहीअनुसार गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका दिपक गौतम र उपप्रमुखमा काँग्रेसका रिमबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

एमालेले प्रमुखमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उठाएको छ । १३ स्थानीय तह रहेको काभ्रेमा जिसस निर्वाचनका लागि २६ मतदाता छन् । जसमध्ये काँग्रेस १३, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादीको एक भोट छ । बहुमत पुर्याएर जिसस गठन गर्न १४ मत आवश्यक हुन्छ ।

टिप्पणीहरू