आज १७ जना सङ्क्रमित नौ जना निको

आज १७ जना सङ्क्रमित नौ जना निको

गत २४ घण्टामा देशभर १७ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७० जनामा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा सात जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै एक सय नौ जना सक्रिय सङक्रमित छन् ।

देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ रहेको छ ।

टिप्पणीहरू