आज निको हुनेभन्दा संक्रमितको संख्या तेब्बर

आज निको हुनेभन्दा संक्रमितको संख्या तेब्बर

पछिल्लो २४ घण्टामा देशभर २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३७६ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा नौं जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै १०७ जना सक्रिय संक्रमित छन् ।

आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू