पसलमा कुटिएकी ७० वर्षीया बृध्दाको अस्पतालमा निधन

पसलमा कुटिएकी ७० वर्षीया बृध्दाको अस्पतालमा निधन

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोकी ७० वर्षीया लीलावती गुप्ताको कुटपिटबाट मृत्यु भएको छ । पसलमा सामान किन्ने क्रममा स्थानीय ३६ वर्षीय शिवकुमार बढईबाट निर्घात कुटिएकी उनको उपचारका क्रममा निधन भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी गुप्ताको नर्सिङहोम नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरी फरार भएका बढईलाई वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले हिजो राति जमुनाहबाट पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू