पश्चिम सेती प्रधानमन्त्रीको सालोलाई,म्याट्रिक्स गाडी दलाल दिपक भट्टलाई

पश्चिम सेती प्रधानमन्त्रीको सालोलाई,म्याट्रिक्स गाडी दलाल दिपक भट्टलाई

आज बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती जलविद्युत परियोजनाको निर्माण भारतलाई जिम्मा लगाउने निर्णय गरेको छ । सात सय ५० मेगावाटको पश्चिम सेती परियोजनाको जिम्मा पाएको कम्पनी एनएचपीसी हो ।

भारतीय नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका भूमिगत नेपाली एजेन्ट प्रधानमन्त्री शेरबहादुर देउवाका साला प्रदीप राणा हुन् । बिचौलिया  दिपक  भट्टसमेत उक्त कम्पनीको भित्री अंशियार भएको बताइन्छ ।

उनै भट्टका दाजु सुशील भट्ट लगानी बोर्डको सीईओ छन् । प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको बैठकले पश्चिम सेती निर्माणको जिम्मा भारतलाई दिन लागेको हो ।बोर्ड बैठकले नेपालमा कोरियन म्याट्रिक्स गाडीको एसेम्बल्ड कारखानालाई पनि निर्माण स्वीकृति दिएको छ । उक्त कारखानाका मालिक पनि बिचौलिया भट्ट नै हुन् ।

स्थानीय तहको निर्वाचनअघि गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्रीले स्थानीय कार्यक्रममा बोल्दै पश्चिम सेती भारतले बनाइदिने आश्वासन दिएको बताउनुभएको थियो । त्यसपछि गत जेठ २ गते बुद्धजयन्तीका दिन लुम्बिनीमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रधानमन्त्रीले उक्त आग्रह गर्नुभयो ।

अहिले उहाँकै अध्यक्षतामा बसेको बोर्ड बैठकले पश्चिम सेतीको निर्माण भारतीय लगानीमा सम्पन्न हुने गरी आफ्नो सालो र बिचौलिया भटट्को नेपाली एजेण्ट कम्पनीलाई अघि सार्नुभएको हो ।

टिप्पणीहरू