एक दर्जन जिल्लामा बाढीको खतरा

एक दर्जन जिल्लामा बाढीको खतरा

एक हप्ताअगावै मनसुन भित्रिएका कारण देशका बिभिन्न ठाउँहरुमा आज भारी बर्षाको सम्भावना रहेको मौसम पूवार्नानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना छ । प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ ।

ति जिल्लाहरुमा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

टिप्पणीहरू