यातायात व्यवस्था कार्यालय

कार्यालय प्रमुखले महिनौंसम्म रमाना नलिएपछि कर्मचारीहरु क्रुद्ध, तालुक मन्त्रालय मौन

सरकारी कार्यालयका प्रमुखले नै माथिल्लो निकायको निर्देशन पालना नगरेपछि कार्यालयको कार्य वातावरण कस्तो होला ? अहिले दाङको तुल्सीपुरस्थित यातायात व्यवस्था कार्यालयमा त्यस्तै देखिएको छ । कार्यालय प्रमुखले नै मन्त्रालयबाट प्राप्त सरुवापत्रको धज्जी उडाएपछि कर्मचारीहरुले खासखुस गर्न थालेका हुन् ।  प्रमुख रमेश गौतमले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको आफ्नै सरुवाको निर्णय लत्याएको कर्मचारीहरु बताउँछन् । गौतम गत वर्ष असार ११ गतेको सरुवापछि यातायात व्य…