श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

वैदेशिक रोजगारको नाममा ठगी बढेपछि सचेतको प्रयास

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका मुलुक पठाइदिने प्रलोभनमा ठगी गर्ने क्रम बढेपछि सर्वसाधारणलाई सचेत गराएको छ ।  मन्त्रालयले ती देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर बढ्दै गइरहेको ठगी सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ मा कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न नपाउने प्रावधान छ ।  त्यस्तै, झुट्टो आ…