जीवनराम श्रेष्ठ

एकीकृत समाजवादीका सचिवको टिप्पणी : चुनावी परिणामले अचम्मित छैनौँ

पछिल्लो उपचुनावमा आफ्ना उम्मेदवारले धरौटी जोगाउन नसकेको स्थितिलाई नेकपा एकीकृत समाजवादीले स्वाभाविक रुपमा लिएको छ । पार्टी सचिव जीवनराम श्रेष्ठले स्थानीय तहसम्म संगठन नहुनाले अपेक्षाकृत परिणाम नआएको र त्यसलाई आफूहरुले अस्वाभाविक नठानेको प्रतिक्रिया दिएका हुन् ।  सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सबै स्थानीय तहसम्म पार्टी संगठन नहुनाले बझाङ र इलामको उपनिर्वाचनमा हार व्यहोर्नुपरेको बताए । पार्टीको अवस्थाअनुसार मत परिणाम धेरै फरक भएको रुपमा आफूहरुले नलिएको पनि श्र…