फ्लाइओभर

ग्वार्को पुगेपछि सर्वसाधारण त्रसित

ललितपुरको इमाडोल बस्ने सुमन तामाङ दैनिक कार्यालय आउजाउ गर्न ग्वार्को–सातदोबाटो सडक प्रयोग गर्छन् । सँधै सोही रुट हुँदै मोटरसाइकल कुदाउने उनलाई ग्वार्को पुगेपछि एउटै पीरले सताउने गरेको छ ।  निर्माणाधीन ‘फ्लाइओभर’ नै उनको चिन्ताको प्रमुख विषय बन्ने गरेको छ । मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माणमा भएको ढिलासुस्ती, ठेकेदार कम्पनीको लापरबाहीका कारण आम सर्वसाधारणले सास्तीसँगै जोखिम व्यहोर्नुपरिरहेको छ ।   ठेकेदार कम्पनीले निर्माण स…