नक्साल ढुङ्गेधारा

नक्साल ढुङ्गेधारा पुरानै स्वरुपमा, पानीको निकास रोकेका घरधनीलाई लाखौं जरिवाना

काठमाडौं महानगरपालिकाले नक्साल ढुङ्गेधाराको पुनर्निमाण गर्ने भएको छ । महानगरले नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा पुनःरुत्थानको काम अगाडि बढाएको जानकारी दिएको छ ।  ढुङ्गेधाराको पानीको निकास रोकेका तीन घरधनीलाई दुई लाख रुपैयाँको दरले जरिवाना तिराएपछि सोही रकमले ढुङ्गेधारा पुनःरुत्थानको काम शुरु गरिएको महानगरको भनाई छ । विगत ४० वर्षदेखि बन्द पानीको निकास खोलिएको महानगरले जनाएको छ । मेयर बालेन्द्र साहको सचिवालय सदस्य विनय शाक्यले निकाससम्बन्ध…