लुम्बिनी सरकार

जसपा फूटको असर- राजीनामा दिएका मन्त्रीद्वारा पदभार ग्रहण

जनता समाजवादी पार्टी (जसपा) विभाजनको असर प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रीय सत्ता समीकरणको विषयलाई लिएर उत्पन्न विवाद फुटमा परिणत भएसँगै त्यसको प्रभाव लुम्बिनी प्रदेशबाट देखिन थालेको हो ।      बरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको २४ घण्टा नहुँदै जसपा लुम्बिनी सरकारमा फर्किएपछि विभाजनको प्रभाव मानिएको हो । वैशाख ८ गते राजीनामा दिएर घरमै बसेका जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरले आज मन्त्रीको क…