रेलसेवा

एकमात्र रेलसेवा बन्द, जोगबनी नाकासमेत तीन दिन नखुल्ने

भारतमा हुन लागेको लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिएको छ । बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा पर्सि लोकसभा निर्वाचन हुनलागेकाले रेलसेवा आजदेखि पर्सि रातिसम्म बन्न गरिएको जनाइएको छ । सोही चुनावका कारण विराटनगर नजिकैको जोगबनी नाकापनि तीन दिन बन्द गर्न लागिएको छ । नाका आज साँझ ६ बजेदेखि पर्सि राति १२ बजेसम्म बन्द हुँदै छ ।