नक्कली माया

नक्कली मायाले सिध्याउला जिन्दगी

उसै भनिएको होइन रहेछ, अविवाहितहरू प्रेमको प्रभावले र विवाहितहरू प्रेमको अभावले सिद्धिन्छन् । हो, म पनि सिद्धिएँ, बर्बाद भएँ प्रेमकै कारणले । अहिले भोग्दै छु, बर्वादी । स्कूले जीवन, कुर्कुरे वैँश । त्यही १६ वर्षे किशोरवय, अल्लारे उमेरमा मन साँटियो झापाका विक्रम पौडेलसँग । दुई वर्ष लामो प्रेम सम्बन्धपछि मन्दिरमा मूर्तिलाई साक्षी राखेर रंगाइदिए सिउँदो । सोचिएको थियो अब बहार हुनेछ जिन्दगीमा बसन्तको । तर त्यही एक धर्काे सिन्दूरका कारण जिन्दगी पतझड जंगलझैं हुन पुग्यो– उजाड, न…